नेकोस जुडोका तीन कार्यक्रम चैतमा

नेपाल जुडो संघको सहकार्यमा नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय जुडो संघले चैतमा जुडोका तीनवटा कार्यक्रम गर्ने भएको छ । चैत १ देखि ४ गतेसम्म राष्ट्रिय जुडो रेफ्री सेमिनार, नेकोस तेस्रो भेट्रान्स जुडो र नेकोस छैटौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता–२०७९ हुने भएको छ ।