विद्युतीय कारोबारमा वृद्धि

बन्दाबन्दीले विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय भुक्तानी कारोबार भने बढाएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको १० महिनाका प्रतिवेदनमा सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र सङ्ख्या दुवै बढेको देखिएको छ । प्रतिवेदन अनुसार २०७६ चैतमा एटीएमबाट कारोबार गर्नेको सङ्ख्या १० लाख ३७ हजार ९०१ रहेकोमा २०७७ वैशाखमा यो सङ्ख्या बढेर ३० लाख बीस हजारभन्दा बढी पुगेको छ । त्यस्तै जेठमा २५ लाख २० हजार ५१७ पुगेको छ ।

सम्बन्धित सामग्री

एलन मस्कले के भने, जसका कारण फेरि चुलियो बिटक्वाइनको मूल्य ?

काठमाडौं । टेस्ला तथा स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कको एक वचनको प्रभावले डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पुनः उछाल आएको छ । टेस्लाको कारोबारमा भविष्यमा बिटक्वाइनको भुक्तानी स्विकार गर्न सकिने भनी मस्कले बताएसँगै बिटक्वाइनको मूल्य बढेर प्रतिक्वाइन ३० हजार डलर नाघेको हो । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले बिटक्वाइन स्विकार गर्न नसकिने भनेर गत मे […]