संगीतकार दीपक शर्माले ल्याए करोड पटक हेरिएका ११ गीतको संग्रह

काठमाडौं । संगीतकार दीपक शर्माले युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएका आफूद्वारा संगीतबद्ध ११ गीतको संग्रह सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित समारोहमा उनले आधुनिक र लोकपप गीतको संग्रह सार्वजनिक गरे । संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, गीतकार राधिका अधिकारी र संगीतकार शर्मा आफैंले यो ‘कलेक्सन’ सार्वजनिक गरेका हुन् […]