बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि दुई घण्टा धर्ना दिएको छ । विप्लवको गृहजिल्लामा सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो ।