बागलुङ : निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ। त्यही छाप्रोमा दैनिक जसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार।एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामानले हँसिया, बञ्चरो, खुकुरी लगायतका सामानहरू बनाउँछन्।आफ्नो बुबाबाट फलामका सामग्री बनाउन सिकेका सुनारले आरन व्यवसाय सञ्चालन गरेको ४७ वर्ष भयो। पुर्ख्यौली आरन व्यवसायबाटै सुनारको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ। लामो समय बालीघरे रुपमा कामसमेत गरे। बालीघरे बनेर काम गर्दा न