ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले भने: ‘टमहक क्रुज मिसाइल बारे केही नबोल्ने सहमति’

अमेरिकाले लामो दुरीमा मार हान्न सक्ने टमहक क्रुज मिसाइल युक्रेनलाई दिने सहमति हुन नसकेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाबाट टमहक मिसाइलको आपूर्तिका विषयमा कुनै ठोस प्रतिबद्धता नपाएको बताएका हुन्। व्हाइट हाउसमा भएको सौहार्दपूर्ण द्विपक्षीय वार्तापछि जेलेन्स्कीले भने, “हामीले लामो दूरीका मिसाइलबारे कुरा गर्यौं, तर यस […]