काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भिक निष्कर्ष रहेको बताए । त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत […]