महेन्द्रनगर, १७ कात्तिक । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन । महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । एक वर्षभित्र निर्माण […]