भोटेकोशी बाढी: काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

काभ्रेपलाञ्चोक । भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको छ । बाढीपछि हराइरहेका ३७ जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासनको सम्पर्कमा नआएको जिल्लास्थित प्रशासन कार्यालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । बाढीपछि चौँरी […]