काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक महत्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजका लागि खुला गरिएसँगै फारसको खाडीमा हप्तौँदेखि अड्किएका दर्जनौँ जहाजहरू बाहिरिन थालेका छन् । समुद्री अनुगमनकर्ताहरूका अनुसार पछिल्लो केही घण्टामा अङ्गोला, पानामा र भियतनामका ध्वजावाहक जहाजहरूले सो क्षेत्र पार गरिसकेका छन् । यीमध्ये अधिकांश जहाज प्रतिबन्धित रहेको अल जजीराले […]