राप्रपाकी सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।