एमाले सच्यायो बादलको अभिव्यक्ति, सेना–प्रहरी र कर्मचारीबारे दियो यस्तो प्रतिकृया

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी सचिवालय बैठकमार्फत हालै देखिएका विवादित अभिव्यक्तिहरूको सन्दर्भमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा विशेषगरी सुरक्षा निकायसँगको सम्बन्ध र सरकारको विद्यार्थी संगठनसम्बन्धी निर्णयबारे पार्टीले स्पष्ट धारणा राखेको हो। विज्ञप्तिको दोस्रो बुँदामा एमालेले नेपाली सेना, प्रहरी, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सम्बन्ध सधैं सकारात्मक, सहयोगात्मक […]