नेपाल आयल निगम ले उपभोक्तालाई आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। निगमले ग्यास उद्योगी तथा एलपी ग्यास बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न समेत अनुरोध गरेको हो। निगमले शुक्रबार जारी गरेको विज्ञप्तिमा हाल मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र एलपी ग्यासको […]