सापटी दिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाइ राखेको प्रहरीको स्रोतले रातोपाटी