ए डिभिजन:  मच्छिन्द्र क्लब विजयी

काठमाडौँ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले हराउँदै मच्छिन्द्र विजयी भएको हो।मच्छिन्द्रको जितमा ओमोलाजा करिम र ओलवाले हाफिजले गोल गरे। एपीएफका लागि अर्माण्ड बिनोङले एक गोल गरे। जितसँगै २४ अंक जोडेको मच्छिन्द्र लिगको चौथो स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा संकटा र त्रिभुवन आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन्।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा द

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मच्छिन्द्र क्लब बाहिरियो

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन  ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित...

ए डिभिजन च्याम्पियन मच्छिन्द्रलाई हराउँदै बाग्मती सेमिफाइनलमा

विजेतालाई २१ लाख पुरस्कार राशि रहेको मोफसलको प्रतिष्ठित खप्तड गोल्डकपमा मच्छिन्द्र क्लब स्तब्ध बनेको छ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र बाग्मती युथ क्लबसँग आफ्नो पहिलो खेलमा नै पराजित हुन पुग्यो।धनगढीमा जारी पाँचौँ सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत सेमिफाइनलका लागि महत्त्वपूर्ण खेलमा मच्छिन्द्र पेनाल्टी सुटआउटमा स्तब्ध बनेको हो। मंगलबार भएको खेलमा निर्धारित समय दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ बाग्मतीले ४-२ ले नतिजा आफ्नो पक्षमा प

सकियो ‘ए’ डिभिजन लिग

काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार भएको लिगको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ ले हरायो । मच्छिन्द्र क्लब नेपालको लिग फुटबलको इतिहासमा अपराजित रहेर लिग जित्ने पाँचौं टोली बन्यो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र […]

'ए' डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो । लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो। लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ ...

अपराजित रहँदै मच्छिन्द्र बन्यो लिग च्याम्पियन

१४ फागुन, काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गरेकाे हाे । एपीएफकाे भने ९ खेलकाे अपराजित यात्रा शनिबार नै टुंगियो । मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचाैं टोलीसमेत बन्याे । यसअघि […]

ए डिभिजन लिग : सातदोबाटो र मछिन्द्र विजयी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले...

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।