मकवानपुर – वाग्मती प्रदेश सभा सचिवालयमा आज बुधवार संसदीय खुलापन र पारदर्शितामा असल अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको बताउनुभएको छ । यसअघि संसदमा भएका कमजोरी व्यक्तिको रहेको बताउँदै उहाँले भन्नुभयो, ‘पहिले भएका कमजोरी सुधार ...