राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन् । उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन् । उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको