प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापित प्रतिनिधि सभाको ३ महिनाको अनुभवले राजनीतिक स्थायित्व दिन नसकेपछि प्रतिनिधि सभा विघटनको निर्णय गरिएको बताएका छन् ।
शुक्रवार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जानु बाध्यता भएको बताएका हुन् । उनले सर्वोच्च अदालतले गरेको फैसला अनुसार सबै प्रक्रिया पूरा गरिएको दाबी गरे ।
‘प्रतिनिधि सभालाई अकर्मण्य बनाउँदै लगेपछि गत पुसमा प्रतिनिधि सभा विघटन गरेको थिएँ । सर्वोच्चको फैसलाको कार्यान्वयन गरियो । यसबीचमा प्रतिनिधि सभालाई पूर्ण...