चीनसँगको सीमा विवादबारे सरकारका प्रवक्ताको प्रस्टीकरण

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको नेपालको सिमानाको सम्बन्धमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।  सोमवारको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘कुनै रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’ पत्रकारले चीनले नेपालको सिमाना मिचेकोबारे बीबीसीले प्रकाशन गरेको रिपोर्टबारे मन्त्री का...