‘प्रेम अर्थात् मोक्ष’ :: Pahilopost.com

भावना शर्मा - त्यो रात समयको चिसो गुफाभित्र भयंकर निन्द्राबाट म एकैछिन नब्यूँझेको भए तिमीले सुस्तरी डोहोर्‍याउँदै सपनाको भर्‍याङ हालेर चढाइदिएको आकाशभरी ताराहरु नफुलिदिएको भए तिमीले एक पसर जून मेरो आँखामा नपोतिदिएको भए मेरो प्रेम अधुरै रहने थियो र तिमीलाई भनिहालुँ म अधुरा सपनासँगै बाँच्न चाहन्नथें र मर्न पनि