काठमाडौं : १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड मात्रा खोप छिट्टै आउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।बालबालिकालाई लगाउन मिल्ने ५० लाख मात्रा फाइजर र ५० लाख मात्रा मोडर्ना खोप ल्याउने प्रक्रिया अघि बढिसकेको मन्त्री खतिवडाले बताए।१ करोड मात्रा खोप बुकिङ भइसकेको र केही दिनभित्र नेपाल आउने उनले बताए। ‘हामीले यथाशक्य चाँडै सबै जनतालाई खोप लगाउने लक्ष्य राखी खोप छिटो ल्याउने कोसिस गर