सिनर्जी पावर डेभलपमेन्टको ५ लाख ६३ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना आवेदकहरूलाई ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद शेयर कम्पनीले असोज १६ गते बाँडफाँट गरेको हो । सो अवधिमा वितरण हुन नसकेको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । हकप्रद शेयर बाँडफाँटमा नपरेको हकप्रद शेयरबापतको रकम असोज १९ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाएका थिए । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ ।  हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सिनर्जी पावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं ।  आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप

काठमाडौं । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघि हकप्रद शेयर खरीदका लागि भदौ २४ गतेसम्मको अवधि तय गरेकोमा उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि आवेदन दिने अवधि भदौ ३१ गतेसम्मका लागि थप गरेको हो । भदौ २३ गतेसम्म ४० हजार २९६ जनाबाट २१ लाख ८४ हजार २५२ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत आवेदन

काठमाडौं । यही भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत मात्र आवेदन परेको छ । भदौ २१ गतेसम्मको तथ्यांकअनुसार ३८ हजार ४७८ जना शेयरधनीहरूले १८ लाख १२ हजार ६२९ कित्ता हकप्रद शेयर खरीद माग गरेका छन् । कम्पनीले आगामी आइतवार (भदौ २४ गते)सम्मका लागि मात्र यो हकप्रद शेयर विक्रीमा ल्याएको हो ।  हकप्रद शेयर खरीदका लागि परेको आवेदनको अवस्थालाई हेर्दा बाँकी रहेको अवधिभित्र सम्पूर्ण कित्ता माग हुने सम्भावना कम देखिन्छ । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम हुँदै गएको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ ।  शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।  हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

सिनर्जी कम्पनीको आजबाट हकप्रद सेयर खुला

काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ । यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्कासन गर्ने जनाएको थियो । तर पछि समय परिवर्तन गरी भदौ ३ बाट खुला गरेको हो । यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद […]

सिनर्जी पावर डेभलपमेन्टले सच्यायो हकप्रद निष्कासनको मिति

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति सच्याएको छ । यसअघि सार्वजनिक सूचनामा तोकिएको मिति भदौ ३ गतेदेखि हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको जानकारी कम्पनीले सूचनामार्फत दिएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरमा भदौ १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।  हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सिनर्जी पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार २० गते अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात् चुक्ता पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ।

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न असार २० गते अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।

हकप्रद शेयर निष्कासन गर्न सिनर्जी पावरले दियो सेबोनमा निवेदन

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि फागुन ५ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ६५ लाख रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लामा १० मेगावाट क्षमताको निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजना प्रवद्र्धनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सिनर्जी पावरले बोलायो विशेष साधारण सभा, ५० % हकप्रद शेयरको प्रस्ताव

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले फागुन ४ गते विशेष साधारण सभा बोलाएको छ ।  गत माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको हो । कम्पनीले सभामार्फत जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र प्रबन्धपत्र संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ६५ लाख ७५ हजार रहेको छ ।  विद्युत् नियमन आयोगबाट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि माघ १२ गते स्वीकृति प्रदान गरेको थियो । अब विशेष साधारण सभाबाट पारित गरेपछि कम्पनीले हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाउनेछ ।

सिनर्जी पावरको १० प्रतिशत बोनस प्रस्ताव, हकप्रद पनि जारी गर्ने

२५ साउन, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको हो । कम्पनीका कम्पनी सचिव धु्रबराम शर्माका अनुसार गत आर्थिक वर्षका मूनाफाबाट १० प्रतिशत बोनस सेयर, नगद लाभांश दिने निर्ण […]