काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट आज केन्द्रीय समिति चयनको प्रक्रिया शुरू हुने भएको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल र त्यसको निष्कर्ष प्रस्तुतिमा दुई दिन लागेपछि महाधिवेशन लम्बिएको छ। ११ गते सुरु भएको महाधिवेशन १५ गते सक्ने निर्णय भएकाे थियो।बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए।