उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नयाँ जनादेशका लागि जनतामा जाने कुरा प्रतिगमन नहुने बताउनु भएको छ । यसको विरुद्ध हुने गरि आन्दोलनतर्फ उन्मुख भएर देशमा अस्थितरता, अराजकता निम्त्याउने हर्कत चाही प्रतिगमन हुने उहाँले तर्क गर्नुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाँचथरले शुक्रबार फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले अहिलेको माग आन्दोलन नभएको बताउनुुभयो । नेकपा स्थायी कमिटी सदस्य समेत रहनु भएका उहाँले नेताले भन्ने वित्तिकै जनताले आन्दोलनमा लागेर टाउको फुटाल्ने दिन गएको पनि बताउनुभयो ।
मन्त्री रायमाझीले नेकपा भित्रका केहि नेताको पद लोलुपताले जन्माएको विवादसंगै पार्टी राजनीतिमा विचारको लडाइँ लड्नु पर्ने अवस्था आएको धारणा व्यक्त गर्नुभयो । नेकपा पार्टीमा विचार र पद्धती तोडीने गरि पद प्रधान राजनीति जवरजस्त थोपरिदा वर्तमान राजनीतिमा जटिलताको स्थिती सिर्जना भएको पनि उहाँले जिकीर गर्नुभयो ।
यो अवस्थालाई सहज अवतरणमा लैजादै पूर्ववत अवस्थामा फर्काउन चुनाव सफल पार्न लाग्न सवै सरोकारवालासंग मन्त्री रायमाझीले आग्रह गर्नुभयो । बिचार र विधिले मुलुकलाई डो¥याउन पार्टीको पुनः निर्माण गर्दै चुनाव गर्नै पर्ने अवस्था आएको उहाँले धारणा राख्नुभयो ।