प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड

प्राङ्गारिक मल सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्रायः गाई, भैंसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको मल पनि प्राङ्गारिक मल हो । प्राङ्गारिक मल खेतीका लागि अत्यावश्यक हुन्छ । जुनसुकै खेती कार्यका लागि पनि प्राङ्गारिक मलको प्रयोग हुन्छ, तर बालीअनुसार प्राङ्गारिक […]

सम्बन्धित सामग्री

कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुन्छ :  कृषि मन्त्री अर्याल

वैशाख ५, काठमाडौं  । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताएकि छन्। आउँदो आर्थिक वर्ष २०७७/ ७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा आइतवार मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले अनुत्पादक क्षेत्रमा लगानी भएका कृषि र पशुपालन क्षेत्रका कार्यक्रम निरन्तरता हुन नसक्ने तर फरक रुपमा नयाँ कार्यक्रम सञ्चालन हुने जानकारी दिइन्।            छलफलमा सहभागी सांसदले प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड, अनुदानका कार्यक्रममा विशेष ध्यान, गैरकिसानले लिने गरेका अनुदान रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने एवं बजेट रकम स्थानीय तहबाट मात्र वितरणको व्यवस्था हुनुपर्ने, कृषि उत्पादनको बीमा कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका थिए।            कार्यक्रममा सांसद खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापा मगर, दलबहादुर रानाले सुझाव राखेका थिए । रासस

प्राङ्गारिक मल उत्पादन तथा नियमनका लागि निर्देशिका तयार

बर्सेनि हुने मलको अभावलाई न्यूनीकरण गर्न कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले प्राङ्गारिक मलमा विशेष जोड दिन थालेको छ । प्राङ्गारिक मलको उत्पादन तथा नियमनका लागि कृषि मन्त्रालयले प्राङ्गारिक तथा जीवाणु मल नियमन निर्देशिका २०७७ तयार पारेको छ । कानुनी परामर्शका लागि सो निर्देशिका गत शुक्रबार कानुन मन्त्रालयमा पठाएको मन्त्रालयका सहसचिव कञ्चन राज पाण्डेले बताउनुुभयो । नेपालको कृषि रासायनिक मलकै भरमा चलिरहेको छ, जब कि रासायनिक मल स्वदेशी उत्पादन पनि होइन, हामीकहाँ नेपालमै उत्पादन प्राङ्गारिक मल छ तर किसानले त्यो प्रयोग गरिरहेका छैनन्, उहाँले भन्नुुभयो, नेपालमा उत्पादन गरिने सबै खाले अर्गानिक मललाई व्यवस्थित त्यसलाई किसानसम्म पु¥याउन मन्त्रालयले योजना बनाइरहेको छ ।