छ वर्षीय छोराको रुप देखेर शम्भु सोध्छन्, 'दुई लाख खर्चिँदा पनि निको भएन, के रोग लाग्यो कृष्णालाई?'

वीरगंज : पर्सा, पोखरीया वडा नं ६ श्रीसिया(डिह टोला) का कृष्णाको शरीर केही महिनायता अस्वभाविक रुपले बढ्न थालेको छ। शम्भु हजरा दुसाधका ६ वर्षीया छोरा कृष्णालाई बेलाबेला पेट दुख्ने समस्याले पनि सताउँछ। १० महिनायता पेट दुख्ने र शरीर सुनिने समस्या बढ्दै आएको शम्भुले बताए। कृष्णा अहिले यति मोटाउँदै गएका छन्…

सम्बन्धित सामग्री

क्यान्सरको जोखिम : विवाहित महिलाले पाठेघर नियमित जचाऔं

काठमाडौं – पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौँ महिला प्रभावित हुने गरेका छन्। नेपालमा पनि पाठेघरको मुखको क्यान्सरबाट एक लाख बिरामीमध्ये १५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। क्यान्सरको सुरुवाती अवस्थामा उपचार गरियो भने यो रोग पूर्णरुपमा निको पार्न सकिने चिकित्सकको भनाइ छ। तर, धेरैजसो बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउने प्रवृत्तिले यो रोग […]

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

काठमाण्डाै - पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका अनुसार यो रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका थिए । अहिले यी क्षेत्रमा पनि सङ्क्रमण घट्दो क्रममा रहेको छ । यो रोग लागेका १५  लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागका वरिष्ठ...

करीब १४ लाख लम्पी स्किन रोगी पशु निको

काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए ।  अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने । रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।

लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ

पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्। तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन? भन्ने प्रश्न छ।

लम्पी स्किनबाट सङक्रमित झण्डै ७ लाख पशुमध्ये ४ लाखभन्दा धेरै निको

काठमाण्डौ – गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको भएका छन् । अझै पनि २ लाख ४७ हजारभन्दा धेरै पशु सङ्क्रमित रहेका पशु सेवा विभागले जनाएको छ । मनाङबाहेक सबै जिल्लामा यो रोग फैलिएको छ । अहिलेसम्म २५ हजार भन्दा धेरै पशु मरेका छन् । पशु सेवा विभागले यो रोग नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । तर लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहने हुँदा जोखिम कायमै रहेको विभागको भनाइ छ । यो रोग लागेर मरेका पशुहरूको उचित ...

निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग

काठमाडौँ ३० साउन । श्रीमानको उपचारमा सात लाख रुपैयाँ खर्च भयो । तर पनि रोग निको नभएको बाँके बैजनाथ गाउँपालिका ३ कि शर्मिला थारुको गुनासो छ । शर्मिलाका श्रीमान्लाई सिकलसेल एनिमिया भएको छ । यो रोगको उपचार खर्चिलो छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन भने बाँच्न […]

दुई वर्षदेखि थलिएक विश्वकर्मा भन्छन्,‘गरिब दुःखी उपचार नपाइ मर्ने!’

दाङ – जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी ५० वर्षीय लमल विश्वकर्मा थलिएको दुई वर्ष नाघ्यो। सुरूमा शरीर नराम्रोसँग चिलाउथ्यो। उपचार गर्न धेरै ठाउँ पुगे तर, निको भएन। शरीरबाट पानी निकालेपछि चिलाउन छाड्यो। प्याङ्क्राइचमा मासु पलाएको पत्ता लाग्यो। जसले क्यान्सरको रूप लियो। रोग पत्ता लगाउन र उपचारको लागि यो परिवारले अहिलेसम्म २८ लाख […]

अफ्रिकामा कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख नाघ्यो

अफ्रिकामा बुधवार दिउँसोसम्म पुष्टि भएका कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख ४५ हजार ९१७ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्र (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।   अफ्रिकी संघको विशेष स्वास्थ्य सेवा निकायका अनुसार अफ्रिकामा महामारीबाट मृत्यु हुनेको संख्या २१ लाख छ हजार १३ पुगेको छ भने ७८ लाख २४ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित विरामी निको भइसकेका छन् । दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया यस महाद्वीपमा कोभिड–१९ सङ्क्रमणका हिसाबले सबैभन्दा धेरै प्रभावित मुलुकहरू हुन् । अफ्रि...

‘लम्पी स्किन’ रोग : एक लाख अठार हजार पशु सङ्क्रमित

पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) रोगले लुम्बिनी प्रदेशमा भयावह रूप लिएको छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका यो रोग लागेर पशु मर्ने क्रम रोकिएको छैन । लुम्बिनी प्रदेशका १२ जिल्लामा बुधबारसम्म यो रोगबाट एक लाख १८ हजार ३५१ पशु सङ्क्रमित भएका छन्। लुम्बिनी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयका अनुसार सङ्क्रमित पशुमध्ये ७९ हजार ६०८ पशुलाई उपचार गरिएको छ। तीमध्ये २४ हजार १०४ पशु निको भएका छन् भने अन्य निको हुने क्रममा छन्।

क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै

बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ। सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय बैतडीले चालु आर्थिक वर्षभित्र लौठसल्ला संरक्षण गर्न १० लाख रुपियाँ खर्च गर्ने भएको छ।