आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । बुधवार संखुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए । उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी...