गुल्मी कांग्रेसको सभापतिमा पौडेल पक्षका पन्थी विजयी

नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी भारी मतसहित निर्वाचित भएका छन् । १४औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको क्रममा भएको मतदानबाट पन्थी विजयी भएका हुन् ।