गोठाटारबाट २६ सय किलो पटाका बरामद

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा