बंगलादेशले आईसीसी महिला टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले २०२४ मा महिला टी–२० विश्वकप आयोजना गर्ने छ भने सन् २०२६ मा इङ्ल्यान्डले आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले घोषणा गरेको छ । बंगलादेशले आईसीसी महिलाको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। आईसीसीका अनुसार प्रतियोगिता सेप्टेम्बर–अक्टोबरको बीचमा हुनेछ र १० टोलीहरू समावेश हुनेछन्।