युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच देउ : गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् ।  यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।‘आणविक प्लान्टमा कुनै पनि आक्रमण आत्मघाती विषय हो’, गुटेरेसले जापानमा आयोजित एक पत्रकार सम्मेलनमा भने ।   विश्वको पहिलो आणविक बम विष्फोटको ७७ औ