ओलीले एमालेलाई दक्षिणपन्थी भासतर्फ धकेले : खनाल

इलाम : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवम पूर्व-प्रधानमन्त्री झलनाथ खनालले नवौँ महाधिवेशनपछि एमालेलाई केपी ओली नेतृत्वले दक्षिणपन्थी भासतर्फ धकेलेको बताएका छन्।उनले साहना प्रधानलगायतको योगदानबाट बनेको पार्टीलाई केपी ओलीले क्रान्तिकारी कार्यदिशालाई परित्याग गरेर दक्षिणपन्थी र गुटवादको दिशातर्फ धकेलेको आरोप लगाए।सहाना प्रधानको सातौँ स्मृति दिवसको अवसरमा भर्चुअल सम्बोधन गर्दै खनालले एमालेलाई व्यक्तिवादतर्फ धकेल्दा पार्टीको विकासक्रम सबै क्षेत्रमा रोकिएको बताए।शीर्ष नेता र कार्यकर्ताहरूमा पदलोल