३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।

सम्बन्धित सामग्री

भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।

थप ३८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ। शनिबार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्। गत […]

विश्वमा एकै दिन १५ लाखमा कोरोना संक्रमण‚ पाँच हजारभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबा

२४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप तीन सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तीन...

थप ८ सय ५ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ। बिहीबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका छन्। गत […]

थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जनाको मृत्यु भएको छ । १५४६५ जनामा गरिएको नमुनामा परीक्षणमा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै निको भएर २४ घण्टामा ८९१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार यसबेला देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो साता कोरोना संक्रमण ८ प्रतिशतले वृद्धि, मृत्यु ७ प्रतिशतले बढ्यो

काठमाडौं। नेपालमा फेरि कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेको छ। देशभर कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमितको संख्या बढ्न थालेको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता नेपालमा कोरोना संक्रमण ८प्रतिशतले र यसबाट हुने मृत्यु ७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो साता नेपालमा ११ हजार ६६०जनामा कोरोना पुष्टि भएको छ। अघिल्लो साता यो संख्या १०हजार ८२७ थियो।

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका नेपाली सेना सहायक रथी ( जर्नेल) को मृत्यु भएको छ। १३ नम्वर बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको उपचारको क्रमममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ। संक्रमणदेखिए स्वास्थ्यमा समस्या आएपछि दुई साता अघि केसीलाई उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण भएका डिएसपी खरेलको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को मृत्यु भएको छ। डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो। सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत् रहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना…

पर्साको जगरनाथपुरमा कोरोना संक्रमण नै फैलिएको पुष्टि

२८ वैशाख, वीरगञ्ज । १० दिनमा १० जनाको मृत्यु भएको पर्साको जगरनाथपुर गाउँपालिका–५ मा कोरोना संक्रमण नै फैलिएको प्रमाणित भएको छ । स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर ११ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिनुले कोरोना समुदायमै फैलिसकेको पुष्टि हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । गाउँपालिकाको […]