काठमाडौं : आइसिसी विश्वकप छनोट लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग शुक्रबार युएईले ५६ रनले पराजय बेहोरेको छ। पिएनजीसँगको हारले युएईको एकदिवसीय मान्यता धरापमा परेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा भोगेको पराजयसँगै युएईले तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना टुंगिएको छ भने एकदिवसीय मान्यता जोगाउनसमेत कठिन देखिएको छ।शीर्ष ५ स्थानमा रहन युएईले एकदिवसीय मान्यता जोगाउन अब बाँकी सबै ३ खेल नै जित्नुपर्न