खोटाङ – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ । हिजो शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनु भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो । हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पु¥याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो ।
श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर ...