काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजे खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगरको मृत्यु भएको प्रहरी प्रभाग […]