सुनौली–भैरहवा नाका हुँदै मंगलबार नेपाल प्रवेश गर्ने पाँच जना विदेशी पर्यटकलाई स्वागत गर्दै रुपन्देहीको बेलहिया सीमा नाकामा ४३औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै तेस्रो मुलुक र भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिने मुख्य नाका हो ।