बरहथवामा भएको घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ-प्रमुख सत्तारुढ नेपाली कांग्रेसले शुक्रबार सर्लाहीको बरहथवामा भएको घटनाको अनुसन्धान गर्न माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको हो। उक्त […]