जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जको नगर क्षेत्रमा लगाएको कर्फ्यु यथावत राख्ने निर्णय गरेको छ । यसका साथै प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन अनुरोध गरेको हो ।