नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाएका छन् । उनीहरुले सत्ता स्वार्थका लागि एमालेलाई घात गरी काँग्रेसको पाउमा सत्ता चढाएको बताए ।शनिबार रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित वस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई तिहाईको स्थिर सरकार हेर्न नचाहाने केही नेता र सर्वोच्च अदालतको मिलेमतोमा ओली सरकार ढालिएको जिकिर गरे ।ज्ञवालीले स्थानीय तहमा एमालेको राम्रो