चिकित्सक कुटपिट प्रकरण : मृतकका श्रीमती र छोराछोरीसहित ४ जना पक्राउ

सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्।