पर्वत : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ।धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन्।घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेको मुस्ताङका सबै स्थानीय तहमा सभापतिसहित अन्य पदाधिकारी सर्वसम्मतिबाट नै नेतृत्व छनोट भएको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ।घरपझोङ गाउँपालिकाको सभापतिमा हाल वडा नं.४ का वडाध्यक्षसमेत रहेका