नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्