राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ‘ड्रेस कोड’ को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आबद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपतिलाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।