सिमकोट – कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच सम्झौता भएपछि यो कार्य पहिलो पटक सुरु हुने भएको हो। चालु वर्षदेखि सेवा सुरु हुने गरी प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। […]