जाडो मौसम सुरु भएसँगै कपालमा विभिन्न समस्याहरु देखिन थाल्छन् । कपाल झर्ने, रुखो हुने र चाँया पर्ने जस्ता समस्याले धेरैलाई सताउने गर्छ । धेरैलाई सताउने समस्या भनेको चाँया नै हो । यसका लागि धेरैले विभिन्न उपायहरु अपनाउने गर्छन् । तर, पनि चाँयाको समस्या कम भने भएको हुँदैन । त्यसैले यसबाट छुटकारा पाउनका लागि केही उपयुक्त घरेलु उपायहरु यहाँ उल्लेख गरिएको छ । –चियाको तेल चाँया हटाउने सबैभन्दा उत्तम उपाय हो । यसको प्रयोग स्याम्पुमा मिसाएर गर्न सकिन्छ । स्याम्पुमा केही थोपा मिसाएर धुने गर्दा