हेटौंडा : बागमती प्रदेशसभामा विशेष समितिको प्रतिवेदन पेश भएको छ। मंगलवार बसेको प्रदेशसभाको उक्त बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिको संयोजक गोविन्दप्रसाद लम्सालले उक्त विशेष समितिको प्रतिवेदनको प्रस्ताव टेबुल गरेका थिए।त्यसैगरी सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका थिए।बैठकले उक्त प्रस्तावलाई उद्योग, पर्यटन, व