सिंहदरबार वैद्यखानाले थाल्यो चार महिनापछि औषधि उत्पादन, कर्मचारीले पाए तलब

काठमाडौं : चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा औषधि उत्पादन शुरु भएको छ।समितिमा चार महिनादेखि औषधि उत्पादन रोकिएको थियो। काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्किने गरेका थिए।गत शुक्रबारदेखि त्रिफला उत्पादन सुरु भएको हो। समितिले त्रिफला बनाउन थालेको हो। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको सात महिना भएको थियो।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रूपमा निमित्त कार्य

सम्बन्धित सामग्री

सिंहदरबार वैद्यखानाले औषधि उत्पादन थाल्यो, कर्मचारीले पनि पाए तलब

चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।  धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् ।