एजेन्सी। बेलायतमा गरिएको एक नयाँ अध्ययनले अक्सफोर्ड/एस्ट्राजेनेका/बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएपछि कोरोनाबाट हुने खतरा ६५ प्रतिशत कम हुने देखाएको छ। अक्सफोर्ड विश्वविद्यालय तथा अफिस अफ नेसनल स्टाटिस्टिकले गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो। अध्ययनले दुई डोज लगाएका व्यक्तिमा संक्रमणको खतरा निकै कम रहेको देखाएको छ। भ्याक्सिन लगाएपछि संक्रमण भए पनि मृत्यु नहुने पनि अध्ययनले पुष्टि गरेको छ।