काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताएका छन्। उपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको संसद बैठकमा बोल्दै लिङ्देनले सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक प्रतिपक्षलाई दिनुपर्ने बताए। ‘संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ’, उनले भने, यसको मनोभावना भनेको सभामुख सत्तापक्ष हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो। त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी